Incident Reports

Elderly woman bound at home, rescued

2017-06-08

Bagmati, Kathmandu, Tokha, Ward 7

65-year-old Kanchi Tamang, a resident of Tokha municipality-7, was bound at home since last year after losing mental stability. She has been rescued with the help of human rights activists and civil society on June 8 and has been handed over to Manav Sewa Ashram. मानसिक सन्तुलन गुमाएपछि एक वर्षदेखि घरमै बाँधेर राखिएकी टोखा नगरपालिका वडा नं ७ की करिब ६५ वर्षीया कान्छी तामाङलाई उद्धार गरिएको राससले जनाएको छ । प्राप्त सूचनाका आधारमा महिला बालबालिका कार्यालयलगायतका सङ्घसंस्था मानव अधिकारकर्मी, सामाजिक अभियन्तासहितको टोलीले जेठ २५ गते उद्धार गरी मानव सेवा आश्रमलाई जिम्मा लगाएको हो । “मानसिक अवस्था गुमाएपछि भाग्ने डरले एक वर्षदेखि परिवारले कुर्चीमा डोरीले बाँधेर राख्दै आएका थिए, दिसापिसाब पनि बसेकै ठाउँमा गराउँदै आएका छन् ।”- तामाङकी छिमेकी वसन्ती रानाभाटले भनिन् । उद्धारका लागि टोली त्यहाँपुग्दा तामाङको घरमा कोही नभएपछि टोलीले वडाध्यक्ष र स्थानीयबासीको सहभागितामा उद्धार गरेको हो ।

0 Comments