65-year-old Kanchi Tamang, a resident of Tokha municipality-7, was bound at home since last year after losing mental stability. She has been rescued with the help of human rights activists and civil society on June 8 and has been handed over to Manav Sewa Ashram.
मानसिक सन्तुलन गुमाएपछि एक वर्षदेखि घरमै बाँधेर राखिएकी टोखा नगरपालिका वडा नं ७ की करिब ६५ वर्षीया कान्छी तामाङलाई उद्धार गरिएको राससले जनाएको छ ।
प्राप्त सूचनाका आधारमा महिला बालबालिका कार्यालयलगायतका सङ्घसंस्था मानव अधिकारकर्मी, सामाजिक अभियन्तासहितको टोलीले जेठ २५ गते उद्धार गरी मानव सेवा आश्रमलाई जिम्मा लगाएको हो ।
“मानसिक अवस्था गुमाएपछि भाग्ने डरले एक वर्षदेखि परिवारले कुर्चीमा डोरीले बाँधेर राख्दै आएका थिए, दिसापिसाब पनि बसेकै ठाउँमा गराउँदै आएका छन् ।”- तामाङकी छिमेकी वसन्ती रानाभाटले भनिन् ।
उद्धारका लागि टोली त्यहाँपुग्दा तामाङको घरमा कोही नभएपछि टोलीले वडाध्यक्ष र स्थानीयबासीको सहभागितामा उद्धार गरेको हो ।