Incident Reports

शिक्षक पढाउन नआएको भन्दै विद्यालयमा तालाबन्दी

2017-06-06

Karnali, Dailekh, Dullu

दुल्लु नगरपालिका वडा नं १३ मालिकास्थित देवी माविमा शैक्षिक सत्र सुरु भएको ३ महिना हुँदा समेत गणित विषय पढाई नभएको भन्दै विद्यार्थीले विद्यालयमा ३ दिनदेखि तालाबन्दी गरेका छन् । शैक्षिक सत्र सुरु भएको ३ महिना पुग्दा समेत शिक्षकहरुले मनोमानी तरिकाले पठाईमा बाधा पुर्‍याएको भन्दै विद्यार्थिहरुले ताला बन्द गरेको बताए । गणित विषयकी शिक्षिका पार्वती शर्मा शैक्षिक सत्र सुरु भएदेखि विद्यालयमा हाजिर नहुँदा विद्यार्थी आन्दोलित भएका छन । देवी माविमा क र ख समूह गरेर विद्यालय छुट्याएको छ । शिक्षिका शर्माले ४ व अघि नियुक्ति लिँदा विनायकमा भए पनि हाडेआवतमै पढाई दिन अनुरोध गरिएअनुसार पढाउँदै आए पनि बिदामा घर सदरमुकाम जान नजिक पर्ने भन्दै विनायकमा पढाउन थालेकी र यसअघि विनायकमा गणित पढाइरहेका रणदीप विश्वकर्माले समेत हाडेआवत जान नमानेपछि यो अवस्था सिर्जना भएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments