Incident Reports

21-year-old girl gang raped in Mahottari

2017-06-11

Madhes, Mahottari, Aurahi, Ward 2

( updated) A 21-year-old girl has been gang raped in Aurahi rural municipality-2 on Sunday night. According to the police, a group of youth raped the girl when she was returning to her home after closing her shop. She went under medical check up in zonal hospital in Janakpur. महोत्तरीको औरही गाउँपालिका-२ फूलबरीयामा अइतबार साँझ एक २१ बर्षीय युवतीलाई युवाको समूहले सामूहिक बालात्कार गरेको छ । औरही बजारमा ब्युटीपालर संचालन गरी जीवन चलाउँदै आएकी ती युवतीलाई पसल बन्द गरेर घर फर्किने क्रममा बाटो डुगेर बसेका युवाको समूहले युवतीलाई सामूहिक बालात्कार गरेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेकटर शम्भु पोखरेलले बताउनुभयो । ‘युवतीको राती उद्धार गरेर हामीले जनकपुर अञ्चल अस्पताल पठाएका छौं,' इन्स्पेक्टर पोखरेलले भन्नुभयो,‘सामूहिक बालात्कार भएको देखिन्छ । मेडिकल चेकजाँच गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा युवतीलाई पठाएका छौं ।' बालात्कार गरेको आरोपमा गाउँलेहरुले एक जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । पक्राउ परेकालाई छुटाउन बोलवाला औरही प्रहरी चौकीमा राती साँढे ११ बजे पुगेको प्रहरीले जनाएको छ Update.......................................... Police has arrested four persons in connection to a rape of a 19-year-old woman near Aurahi Bazaar in Mahottari two weeks ago. The District Police Office on Thursday organised a press meet to inform about their arrest. The accused were also presented before media. (PR) update........................................ ब्युटिसियनलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर सामुहिक बलत्कार गर्ने महोत्तरीको औरहीका चार जना युवा पुर्पक्षका लािग जलेश्वर कारागार चलान भएका छन् । महोत्तरी जिल्ला अदालतको २ नम्बर बेन्चका न्यायाधीश दिपक राज पन्थको एकल ईजलाशले जवरजस्ती करणी गरेको घटनामा संलग्न चारै जना प्रतिवादीहरुलाई पुर्पक्षको लागी जलेश्वर कारागार चलान गरेको हो । कारगार चलान हुनेमा औरही गाउपालिका —२ का २२ बर्षीय सुनिल कुमार साह, सुरेश प्रसाद यादव, रमेश पंजियार र अनिकेत कुमार यादव रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताउनुभयो । घटनाको बृहत अनुसन्धानपछि कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार ती चारै जना युवाहरुलाई जिल्ला अदालत जलेश्वरमा पेश गरेको थियो । जेष्ठ २८ गते साँझ ब्युटी पार्लर बन्द गरेर साइकलमा घरफर्किदै गरेकी युवतीमाथि सामुहिक बलत्कार भएको थियो । देशै भरीका ब्युटिसियनहरुले आफ्ना साथीलाई सामुहिक बलत्कार गर्नेहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए । घटना भएको १२ दिन पछि पत्रकार सम्मेलन गरेर सामुहिक बलत्कार गर्ने चार जना युवालाई प्रहरीले सार्वजनिक गरेको थियो । जेष्ठ २८ गते साँझ औरहीको फूलबरीयाकी एक २० बर्षीया युवतीलाई औरहीका चार युवाहरुले अपहरणको शैलीमा नियन्त्रण्मा लिएर उनीमाथि सामुहिक बलत्कार गरेका थिए । आँपबारी नजिकैको जोतेको खेतमा युवतीमाथि पालैपालो सामुहिक बलत्कार गर्नेहरुलाई कारवाहीको माग गर्दै घटनाका घटेको १२ दिन सम्म प्रहरीलाई दवाव दिइएको थियो । ‘घर फर्किरहेकी युवतीलाई एक्कासी युवाहरुले नियन्त्रणमा लिए,’ एसपी लम्सालले भन्नुभयो,‘ युवतीलाई पक्राउ परेका युवकहरुले नियन्त्रणमा लिएपछि खाली खेतमा लगे । डरले रोईकराई गरीरहेकी युवतीलाई पक्राउ परेकाहरुले कुटपीट गर्दै पालैपालो जवरजस्ती करणी गरेको खुल्यो । त्यसपछी हामीले कारवाही सुरु ग¥यौं । ’ मुखमा रुमाल बाँधेर बाटो ढुकेर बसेका युवा समुहले बजारबाट साइकलमा घर फर्किरहेकी युवतीलाई नियन्त्रणमा बलत्कार गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Rautahat , Local Newspaper - Parsa , Local Newspaper - Mahottari , Local Newspaper - Siraha , Local Newspaper - Chitwan , Local Newspaper - Sarlahi

0 Comments