Incident Reports

२१ बर्षीय युवतीलाई युवाको समूहले सामूहिक बालात्कार

2017-06-11

Madhes, Mahottari, Aurahi, Ward 2

ब्युटिसियनलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर सामुहिक बलत्कार गर्ने महोत्तरीको औरहीका चार जना युवा पुर्पक्षका लािग जलेश्वर कारागार चलान भएका छन् । महोत्तरी जिल्ला अदालतको २ नम्बर बेन्चका न्यायाधीश दिपक राज पन्थको एकल ईजलाशले जवरजस्ती करणी गरेको घटनामा संलग्न चारै जना प्रतिवादीहरुलाई पुर्पक्षको लागी जलेश्वर कारागार चलान गरेको हो । कारगार चलान हुनेमा औरही गाउपालिका —२ का २२ बर्षीय सुनिल कुमार साह, सुरेश प्रसाद यादव, रमेश पंजियार र अनिकेत कुमार यादव रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताउनुभयो । घटनाको बृहत अनुसन्धानपछि कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार ती चारै जना युवाहरुलाई जिल्ला अदालत जलेश्वरमा पेश गरेको थियो । जेष्ठ २८ गते साँझ ब्युटी पार्लर बन्द गरेर साइकलमा घरफर्किदै गरेकी युवतीमाथि सामुहिक बलत्कार भएको थियो । देशै भरीका ब्युटिसियनहरुले आफ्ना साथीलाई सामुहिक बलत्कार गर्नेहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए । घटना भएको १२ दिन पछि पत्रकार सम्मेलन गरेर सामुहिक बलत्कार गर्ने चार जना युवालाई प्रहरीले सार्वजनिक गरेको थियो । जेष्ठ २८ गते साँझ औरहीको फूलबरीयाकी एक २० बर्षीया युवतीलाई औरहीका चार युवाहरुले अपहरणको शैलीमा नियन्त्रण्मा लिएर उनीमाथि सामुहिक बलत्कार गरेका थिए । आँपबारी नजिकैको जोतेको खेतमा युवतीमाथि पालैपालो सामुहिक बलत्कार गर्नेहरुलाई कारवाहीको माग गर्दै घटनाका घटेको १२ दिन सम्म प्रहरीलाई दवाव दिइएको थियो । ‘घर फर्किरहेकी युवतीलाई एक्कासी युवाहरुले नियन्त्रणमा लिए,’ एसपी लम्सालले भन्नुभयो,‘ युवतीलाई पक्राउ परेका युवकहरुले नियन्त्रणमा लिएपछि खाली खेतमा लगे । डरले रोईकराई गरीरहेकी युवतीलाई पक्राउ परेकाहरुले कुटपीट गर्दै पालैपालो जवरजस्ती करणी गरेको खुल्यो । त्यसपछी हामीले कारवाही सुरु ग¥यौं । ’ मुखमा रुमाल बाँधेर बाटो ढुकेर बसेका युवा समुहले बजारबाट साइकलमा घर फर्किरहेकी युवतीलाई नियन्त्रणमा बलत्कार गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Rautahat , Local Newspaper - Parsa , Local Newspaper - Mahottari , Local Newspaper - Siraha , Local Newspaper - Chitwan , Local Newspaper - Sarlahi

0 Comments