(updated)
Entrepreneurs of Aurahi rural municipality have shut down Aurahi bazaar demanding action against the culprits of gang rape.
औरहीका स्थानीय रवीन्द्र चौधरीका अनुसार सामूहिक बालात्कारका दोषिलाई कारवाहीको माग गर्दै औरही बजारका व्यपारीले बिहानै देखी बजार बन्द गरेका छन् ।
Update................................
Woman group staged rally demanding action against the culprit in Mahottari.
महोत्तरीको औरही गाउँपालिका-२ फूलबरीयामा अइतबार साँझ २१ बर्षीय युवतीलाई सामूहिक बालात्कार गरेका दोषीहरुलाई पक्राउ गरेर फाँसी दिनु पर्नेे माग गर्दै टायर बालेर महिलाहरुले प्रर्दशन गरेका छन् । सडक बन्द गरेर गरिएको प्रदर्शनले बर्दिबास—औरही—जलेश्वर सडक खण्ड अवरुद्ध छ । उखरमाउलो गर्मीमा गाउँ गाउँबाट महिलाहरु छाता ओढेर प्रदर्शनमा सहभागी हुन आएका छन् ।
सडकमा सवारी साधन र काठका मुढा तेस्र्याएर सडक अवरुद्ध पारिएको छ । औरही बजारमा ब्युटीपालर सञ्चालन गरी साइकलमा घर फर्किने क्रममा आइतबार साँझ औरहीकै स्थानीय युवतीलाई सुनसान सडकको बीचबाटै युवाहरुको समुहले नजिकैको खेतमा लगेर सामुहिक बालात्कार गरेका थिए । बालात्कारपछि युवती बेहोस भएकी थिइन । आफुलाई युवाहरुले सामुहिक बालात्कार गरेको पीडितले प्रहरीमा बयान दिएका छन् । ल्याब रिपोट आउन बाँकी छ ।
घटनाको विरोधमा सोमबार पीडित युवतीको गाउँका सयौं महिलाहरुले प्रदर्शन गर्दै बलात्कार गर्ने पीडकलाई सरकारले फाँसीको सजाय दिनु पर्ने सरकारसंग माग गरेका छन् । औरहीको स्कूल चोकमा महिलाहरुले प्रदर्शन गर्दै पीडकलाई प्रहरीले २४ घण्टा भित्र पक्राउ गर्नु पर्ने माग अघि सारेर सडक जाम गरी धर्ना दिएका छन् ।
‘चेलीबेटीको इज्जत लुट्नेलाई फाँसीको सजाय हुनु पर्छ,’ पीडित युवतीको न्यायको लागि सडकमा प्रर्दशन गरिरहेकी ३५ बर्षीय सुनिता देवीको कुरामा मिथिला देवीले थप्नु भयो,‘हाम्रो देशमा महिलाको इज्जत लुटनेहरुलाई कडा कारवाहीको व्यवस्था छैन । बालात्कारीलाई लिंग काटेर चौराहामा जिउँदै जलाउनु पर्छ ।’ युवतीको सामुहिक बालात्कारको घटनाले गाउँलेहरु त्रसित बनेका छन् ।
सामुहिक बालात्कारीमा संलग्न सबैलाई प्रहरीले पक्राउ गरेर कारवाही गर्नु पर्ने स्थानीय सुरजकला सहनीले प्रहरीप्रशासनसंग माग गर्नुभयो । ‘अपराधीलाई कारवाही हुनै पर्छ । निर्दोष चेलीलाई इन्साफ दिनै पर्छ,’ प्रदर्शनमा नारा लगाउँदै भन्नुभयो,‘ अपराधी पक्रिएन भने बलात्कार जस्ता महिला हिंसाका घटना बढ्न सक्छ ।’ बलात्कारीलाई प्रहरीले समयमा पक्रिएन भने महिलाहरु आन्दोलन गर्न बाध्य हुने प्रहरीप्रशासनलाई रामवत्ति देवीले चेतावनी दिनुभयो ।
युवतीमाथि भएको सामुहिक बलात्कारको घटनाले गाउँलेहरु त्रसित भएका छन् । आइतबार साँझ ८ बजेदेखि १२ बजेसम्म गाउँलेहरुले प्रहरी चौकीमा धर्ना समेत दिएका थिए । सडकमा भेटेएकी इन्दु देवी महतोले भन्नुभयो,‘गाउँबाट स्कूल टाढा छ । चोउरीचाँचर(सुनसान ठाउँ)को बाटो भएर हाम्रो छोरीहरु पढ्न जान्छन् । हामी छोरीलाई एक्लै स्कूल पठाउन पनि सोच्न पर्ने अवस्था आयो हजुर ।’
बालात्कार गरेको आरोपमा औरहीका २२ बर्षीय सुनिल साह प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी एसपी राजकुमार लम्सालले बताउनुभयो ।‘पीडकलाई पक्राउ गरेर कानुन अनुसार कारवाही हुन्छ,’ एसपी लम्सालले भन्नुभयो,‘प्रहरीले गर्ने काम गरिरहेको छ । सामुहिक बालात्कार भएको कुरा पीडितले हामीलाई मौखिक बयान दिएका छन् । स्वास्थ्य चेकजाँचको रिपोट आउँन बाँकी छ । आरोपीहरुलाई पक्राउ गर्न प्रहरी खटाएका छौं । ’ स्थानीयले ती युवकलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएका थिए ।
‘युवतीको राती उद्धार गरेर हामीले जनकपुर अञ्चल अस्पताल पठाएका छौं,’ इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर शम्भू पोखरेलले भन्नुभयो ।आफ्ना व्यापारी साथी बालात्कार गर्ने युुवा समुहलाई पक्राउ गरेर कारवाहीको माग गर्दै सोमबार बिहानै देखि उद्योग वाणिज्य संघ औरहीले औरही बजार दिनभर बन्द गराएका छन् । बिहान १० बजेदेखि १ बजे सम्म बर्दिबास-औरही —जलेश्वर सडक खण्ड बन्द गराएका छन् । दोषीलाई कडा कारवाहीको माग गर्दै बजार र सडक बन्द गरिएको उद्योग वाणिज्य संघ औरहीका अध्यक्ष राजकिशोर चौधरीले बताउनुभयो ।