Incident Reports

No translation available.

2017-06-06

Bagmati, Lalitpur, Lalitpur, Ward 4

मन्त्रिपरिषद्को निर्णयअनुसार तोकिएको तलब नपाएको भन्दै ललितपुरमा कार्यरत म्यादी प्रहरीहरु सड्कमा उत्रिएका छन् । मंगलबार मध्यान्ह जावलाखेलबाट सिंहदरबारतर्फ जाने भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकले रोकेको थियो । पुल्चोकबाट ‘एसएसपी साबसँग कुरा गराउँछौ’ भन्दै इन्सपेक्टरको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई महानगरीय प्रहरी परिसर जावलाखेल फर्काएको थियो । म्यादी प्रहरीहरुले ललितपुर प्रहरीबिरुद्ध नाराबाजी गर्दै ‘संस्थागत भ्रष्टाचार बन्द गर्न’ आग्रह गरेका थिए । जेठ १८ गतेदेखी आफुहरुको कार्यकाल सकिएपनी सरकारले तोकेअनुसार पैसा नदिएर ड्युटीमै खटाएको भन्दै उनिहरुले ललितपुर प्रहरी प्रमुख (एसएसपी) ठूले राई बिरुद्ध आक्रोश पोखेका थिए । ‘हामी बच्चा छाडेर ड्युटीमा खटियौं’ एक महिला म्यादीले भनिन्, ‘अनि हामीले तोकेको तलब किन नपाउने ?’ सञ्चार माध्यममा ५५ दिनको तलव सुविधा ५१ हजार, पोशाक बापत ७ हजार १ सय, खाजा खर्च र भत्ता छुट्टै आउँछ भनेर उल्लेख गरिएको भए पनि ललितपुर प्रहरीले ३१ हजार मात्रै दिएको म्यादी प्रहरीहरुले आरोप लगाएका छन् । यसरी बर्दीमै सड्कमा उत्रिएका म्यादी प्रहरीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरका एसपी अशोक सिंहले भने धम्क्याएका छन् । उनले थुन्ने सम्मको धम्की दिएको एक महिला म्यादी प्रहरीले बताइन् । ललितपुर प्रहरी प्रमुख एसएसपी ठूले राईले सरकारले तोके अनुसार एकपैसा तलमाथी नगरीएको र हेड्क्वार्टरको आदेश अनुसार तलव दिएको दाबी गरे । उनले भने, ‘५५ दिन काम गरेबापत पाउने तलव, रासन भत्ता, पोशाक र खाजा खर्च कत्ति पाउने भन्ने कुरा प्रस्ट छ, थोरै दिएको जस्तो लाग्छ भने उपत्यकाका अन्य जिल्लाहरु भक्तपुर र काठमाडौंमा चेक गर्दा पनि हुन्छ ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Sarlahi , Local Newspaper - Jhapa

0 Comments