Incident Reports

भरुवा बन्दुकसहित एकजना पक्राउ

2017-06-14

Lumbini, Rukum East, Bhume, Ward 2

तीन नाल भरुवा बन्दुकसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । भूमे गाउँपालिका २ काँक्रीको सानो गाउँका अन्दाजी २० वर्षीय करले पुनलाई इलाका प्रहरी कार्यालय काँक्रीले पक्रेको हो । गाउँमा उत्पन्न सामान्य विवादको क्रममा पक्राउ परेका पुनले बन्दुक झिकेर पड्काउन खोजेको भन्ने सूचना पाएपछि प्रहरीले त्यसको खोजी गरेको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अंगुर जिसीले बन्दुक रहेको सूचनाको आधारमा खानतलासी गर्दा मंगलबार बेलुकी भरेको अवस्थाका तीन नाल भरुवा बन्दुक फेला परेको जानकारी दिए । बन्दुकसँगै स्थानीय करले पुन पक्राउ परेको उनले पुष्टि गरे । पक्राउ परेका पुनलाई आवश्यक अनुसन्धानको लागि जिल्ला ल्याउने तयारी भइरहेको पनि डिएसपी जिसीले बताए । उनका अनुसार पक्राउ परेका पुनलाई जिल्ला ल्याइसकेपछि थप अनुसन्धान गरिने छ । सोही वडाको खावाङका नारायण पुनमाथि पक्राउ परेका करलेसहित अन्य केही युवाले हातपात गरेपछि गाउँमा विवाद भएको थियो । आफ्नो गाउँका नारायणमाथि हातपात भएपछि त्यसको विरोध गर्दै खावाङवासी सर्वसाधारण सानो गाउँ पुगेका थिए । आफ्नो विरुद्धमा आएका खावाङवासीलाई करले आफैंले भरेको बन्दुकले हान्न खोजेपछि प्रहरीले करलेलगायत अन्यलाई पछ्याएको थियो । घटनास्थलबाट बन्दुक लिएर भागेका अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । बन्दुक लिएर एउटा गोठमा छाडेर ती युवा फरार रहेको डिएसपी जिसीले बताए । उक्त गोठबाट प्रहरीले ३ नाल भरुवा बन्दुक बरामद गरेको हो । फोन क्लियर नभएकाले पनि विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
National/Online Media , Police website , Local Newspaper - Makwanpur

0 Comments