Incident Reports

सडक बनाउने विषयमा विवाद हुँदा निर्घात कुटपिट..

2017-06-17

Gandaki, Gorkha, Gorkha, Ward 4

सडक बनाउने बिषयमा शनिबार भएको विवादमा एक जना निर्घात कुटिएका छन्। गोरखा नगरपालिका ४ कुँडुलेको एक समूहले स्थानीय कृष्णबहादुर खत्रीलाई कुटेका हुन्। ३८ बर्षीय खत्री निवृत्त नेपाली सेना हुनुहुन्छ। उहाँको टाउको र नाकमा गम्भीर चोट लागेको छ। गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उचारका लागि उहाँलाई काठमाडौंको न्यूरो अस्पताल लगिएको उहाँकी दिदी पम्फा खत्रीले जानकारी दिनुभयो। ‘सुमन थापाको नेतृत्वमा आएका केटाले रड र चक्कूले हानेका हुन्’, खत्रीले भन्नुभयो ‘रगत बगिरहेकाले गोरखा अस्पतालले काठमाडौं पठायो।’ घटनामा संलग्न तीन जनालाई गिरफ्तार गरिएको प्रहरीले नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। नगरपालिकाबाट प्राप्त दुई लाख रुपैयाँबाट ढुंगागाढेभञ्ज्याङ, औलटारी, बाघखोर, थापागाउँ हुँदै हिलेपोखरीसम्म सडक निर्माण गर्ने बिषयमा शनिबार बिहान बैठक भएको थियो। बैठकमा विवाद हुँदा कुटपिट भएको अर्का स्थानीयवासी सूर्य खत्रीले जानकारी दिनुभयो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments