Incident Reports

कलेजमा तोडफोड गर्ने बिद्यार्थी पक्राउ

2017-06-18

Bagmati, Lalitpur, Lalitpur, Ward 14

ललितपुर महानगरपालिका–१४ ताल्चीखेलस्थित कसमस कलेजमा तोडफोड गर्ने कार्यमा संलग्न ११ जना विद्यार्थीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सो कलेजका इन्जिनियरिङ तर्फका ब्याचलर तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले शिक्षक भर्ना र टुर लैजानुपर्ने बिषयलाई लिएर ए ब्लकको पुर्वतर्फको ६ वटा झ्यालको शीशा, स्ट्याण्ड फ्यान १ थान, टेलिफोन १ थान, टेबुल २ थान समेतका बिभिन्न सरसामान तोडफोड गरेको जानकारी प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 11
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
Police website

0 Comments