Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-05-29

Lumbini, Pyuthan, Sarumarani, Ward 3

Rabindra Pandey २७ वर्षीया महिलालाई सामहिक बलात्कार गरेको आरोपमा प्रहरीले सरुमारानी गाउँपालिका-३ का २३ वर्षीय गनबहादुर गुरुङलाई असार ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले जेठ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ६ गते प्रहरी समक्ष उजुरी दिएको थियो । पीडित पक्षले सरुमारानी गाँउपालिका-३ का २३ वर्षीय गनबहादुर गुरुङ, सोही ठाउँका २६ वर्षीय युगबहादुर गुरुङ र २४ वर्षीय मङ्गलसिंह गुरुङले बलात्कार गरेको भन्दै प्रहरी चौकी बड्डामा उजुरी दिएको इलाका प्रहरी कार्यालय बिजुवारका इन्स्पेक्टर गोवर्धन थापाले बताए । घटनामा संलग्न व्यक्तिको डर/धम्कीका कारण प्रहरी कार्यालयमा उजुरी आउन ढिलो भएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका आरोपितद्धय युगबहादुर र मङ्गलको खोजी भइरहेको इन्स्पेक्टर थापाले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बिजुवारमा असार ६ गते भएको प्रहरीले जनाएको छ । रविन्द्र पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments