Incident Reports

बन्दुकसहित २ जना पक्राउ

2017-06-15

Province 1, Sunsari, Ramdhuni

सुनसरीको रामधुनी नगरपालिका-७ बाट प्रहरीले भरुवा बन्दुक र हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामधुनीभाषी नगरपालिका-७ बस्ने ५३ बर्षिया हर्कराज राई र उनकै छोरा सिबन राई रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरुलाई हरिणको चाला एक थान, भरुवा बन्दुक २ थान र फलामको नाल २ थान बरामद गरेको छ । प्रहरीले उनीहरुलाई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय पकलीमा राखेको छ ।
Local Newspaper - Morang

0 Comments