Incident Reports

बलात्कारीलाई सजाय माग गर्दै ब्युटिसियनहरुको जुलुस

2017-06-15

जिल्लाको औरही गाउँपालिका २ फूलबारियाकी एक २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गर्नेहरुलाई कारवाहीको माग गर्दै महोत्तरीमा ब्युटिसियनहरुले सडकमा प्रदर्शन गरेका छन् । गत आइतबार साँझ औरही बजारबाट पसल बन्द गरी घर फर्कर्दै गरेकी ब्युटिपार्लर व्यवसायी युवतीमाथि युवाहरुको एक समूहले सामूहिक बलात्कार गरेका थिए ।दोषीलाई तत्काल कारवाहीको माग र महिलामाथि हुने हत्या हिंसा बन्द गर जस्ता नारा लगाउँदै, देशभर बलात्कार जस्तो जघन्य अपराधमा संलग्न हुने अपराधिले उन्मुक्ति पाउने गरेकाले आफूहरु त्यसको विरुद्धमा सडकमा उत्रिएको बर्दिबास ब्युटिपार्लर संघकी अध्यक्ष ज्योती पोखरेलले बताइन् । घटनाको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक पोखरेलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Saptari , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Rupandehi

0 Comments