Incident Reports

परीक्षाको मुखमा खजुरी माविमा तालाबन्दी

2017-06-14

Madhes, Dhanusha, Duhabi

कक्षा ११ को परीक्षा मुखमा रहेको समय धनुषाको खजुरी उच्च माविमा तालाबन्दी गरिएको छ । पूर्वी धनुषाको खजुरी महुवास्थित के एसएचसबी उच्च माविमा विद्यार्थीहरुले तालाबन्दी गरेको हो । नयाँ शैक्षिक सत्र शुरु भइसकेको ३ महिना सकिन लाग्दा पनि छात्रछात्रालाई पाठ्यपुस्तक उपलब्ध नगराएको तथा छात्रवृत्ति समेत वितरण नगरेको भन्दै विद्यार्थीहरुले प्रधानाध्यापकको कार्यकक्ष सहित अन्य तीनवटा कोठामा तालाबन्दी गरेको छ । विद्यालयमा केही दिनदेखि शिक्षक ÷शिक्षिकाहरु नियमित नआउँदा पठनपाठनमा समस्या उत्पन्न भएको भन्दै समेत विद्यार्थीहरुले तालाबन्दी गरेको जनाइएको छ । यता विद्यालयका प्रधानाध्यापक राजेश्वर यादवले तालाबन्दीको बारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments