Incident Reports

जनकपुरका सार्वजनिक यातायात सेवा ठप्प भएपछि यात्रु मर्कामा

2017-07-06

Madhes, Dhanusha, Janakpur

जनकपुर अञ्चल बस व्यवसायी संघको आह्वानमा बिहीबारदेखि अनिश्चितकालका लागि सार्वजनिक बस सेवा बन्द भएपछि यात्रुहरु मारमा परेका छन् । बन्दका कारण जनकपुरबाट सञ्चालन हुने छोटो तथा लामो दूरीका सबै सार्वजानिक बस सेवा ठप्प भएको छ । दुर्घटनामा घाइते भएकालाई क्षतिपूर्ति दिने विषयमा विवाद हुँदा प्रहरीले एक बस व्यवसायीलाई पक्राउ गर्न खोजेको विरोधमा जनकपुर अञ्चल बस व्यवसायी संघले बिहिबार बस नचलाउने निर्णय गरेको हो । बुधबार राति १० बजेतिर प्रहरी उपरीक्षकको आदेश छ भन्दै दुईवटा भ्यानसहित पुगेको प्रहरी टोलीले जनकपुर अञ्चल बस व्यवसायी संघका पूर्व अध्यक्ष श्याम सुन्दर चौधरीलाई पक्राउ गर्ने प्रयास गरेको विरोधमा बिहीबारदेखि जनकपुरबाट चल्ने लामो तथा छोटो दूरीका बस बन्द गर्ने निर्णय गरेको संघका कोषध्यक्ष रुपेश चौधरीले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan

0 Comments