Incident Reports

Dead body of woman found in Gulmi

2017-07-10

Lumbini, Gulmi, Chatrakot

(updated) A dead body of a woman was found near Kharwang bazaar of Badighat rural municipality of Gulmi district on Monday. According to the police, a woman at her middle age was found dead, with no pants. Police suspect that she might have been murdered. Police are further investigating the case. गुल्मी र वाग्लुङ्गको सिमनामा पर्ने खर्वाङ्ग बजार नजिकै बडिघाट खोलामा एक वेवरिसे महिलाको शव फेला परेको छ । बडिघाट गाउँपालिका वडा नम्वर २ , खरापानी खर्वाङ्ग नजिकै सोमबार विहान शव भेटिएको प्रहरीले जनाएको छ । शवको पहिचान हुन सकेको छैन् । महिला अधवैशे उमेरिकी छन् । उनको शरिरमा तल्लो पेट सम्मको कपडा लगाएको भए पनि सुरुवाल लगाईएको छैन् । कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ । Update....................................... Police have arrested 20-year-old Hira Bahadur Magar for investigation. गुल्मी र बाग्लुङको सिमानामा पर्ने बडिगाड खोलामा सोमबार मृत फेला परेकी गुल्मी अमराईकी गिता नेपालीको हत्यामा संलग्न भएको आशंकामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङको बडीगाड गाउँपालिका २ सक्नेरका २० वर्षीय हिराबहादुर मगरलाई खर्वाङ प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । उनलाई हरिचौर इलाका प्रहरी कार्यालयको जिम्मा लगाइएको छ । खर्वाङबाट प्रनानि भोजबहादुर बानियाँको नेतृत्वमा खटिएको प्रहरी टोली मगरको घरमा पुगेको थियो । उनका बुवाले चार-पाँच दिनदेखि छोरालाई घरमा नदेखेको बताएपछि प्रहरीले घर खानतलासी गर्न सुरु गरेको थियो । घरभित्रै रहेका मगर भाग्न खाजेपछि प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शी स्थानीयले बताए । घटनाको दिन अभियुक्त मगर, गीता नेपाली र उनकी भाउजू सीता नेपाली राति ८ बजेसम्म सँगै बसेर बियर सेवन गरेको खुल्न आएको छ । मृतक गीताको हत्या नै भएको स्थानीयले ठोकुवा गर्दै आएका छन् । तर हत्याको कारण र संलग्नताबारे भने खुलेको छैन । प्रहरीले घटनाको गम्भीररुपमा अनुसन्धान गरिरहेको बताएको छ । Update................................... प्रेम र शारीरिक सम्पर्कपछि विवाहको विषयमा विवाद हुँदा एक युवकले प्रेमिकाको हत्या गरेको खुलेको छ। मुसिकोट नगरपालिका–१ पौंदीअमराईकी ३५ वर्षीया गीता नेपाली असार २६ मा बडीगाड खोला किनारमा मृत अस्थामा फेला परेकी थिइन्। उनको हत्या गरेको आशंकामा बागलुङको बढीगाड गाउँपालिका–२ राक्सेका हीरा बलामीलाई प्रहरीले पक्राउ गरेको छ। बलामीले प्रेम र शारीरिक सम्बन्धपछि गीताले विवाहका लागि दबाब दिँदा हत्या गरेको स्वीकारेको बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए। ‘सम्बन्ध बनाएपछि उमेर र जात नमिल्ने भनेर मारेको भन्ने बयानमा स्वीकारेका छन्। दुईबीच प्रेम र अनुचित सम्बन्ध दुवै देखियो, उनले भने, ‘गीताले विवाह नगरे प्रहरीमा उजुरी गर्छु भनेपछि हत्या गरेर बडीगाड खोलामा फालेको स्वीकार गरेको छ।’ प्रहरीका अनुसार बलामीको उमेर १८ वर्ष र मृतकको उमेर ३५ वर्ष छ। तीन सन्तानकी आमा गीताको श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि माइतीमा बस्दै आएकी थिइन्। बलामीले असार २५ गते नै हत्या गरेर फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Sarlahi , Local Newspaper - Saptari

0 Comments