Incident Reports

Hospital tense following patient's death

2017-07-11

Gandaki, Nawalparasi West, Ramgram, Ward 1

At least half dozen people were injured in clash over the death of a patient at Prithvi Chandra Hospital on Tuesday. Relatives of Ramu Harijan, 20, of Ramgram Municipality-1 in Nawalparasi district vandalised the hospital and clashed with police after Harijan died during the course of treatment. Harijan was taken to the hospital after he became unconscious at home. Relatives claimed the negligence of doctors as the cause of his death. locals from Ramgram municipality Bhuwan Gyawali, Ram lal Rajbhar, Laxman Harijan, Kanahi Yadav, Alok Agrahi and other were injured in the clash. Injured are receiving treatment at the same hospital. नवलपरासीमा प्रहरी र स्थानिय जनताबीच झडप हुँदा आधा दर्जन बढि घाईते भएका छन् । जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा आक्रोसित स्थानियले अस्पतालमा तोडफोड र त्यहाँका कर्मचारीहरु माथि दुर्वयहार गर्न खोज्दा झडप भएको हो । प्रहरीसंगको झडमा परि रामग्राम नगरपालिका निवासी, भुवन ज्ञवाली, रामलाल राजभर, लक्ष्मण हरिजन, कनही यादव र ओलोक अग्रहरी लगायत घाईते भएका छन् । प्रहरीको लाठी चार्जले कसैको खुट्टा, कसैको टाउँको र कसैको हातमा चोट लागेको छ । घाईतेहरुको त्यही अस्पतालमा उपचार भैरहेको छ । साँझ ४ बजे अस्पतालमा बेहोस अवस्थामा ल्याइएको उपचारमा ढिलाई गरेको कारण मृत्यु भएको भन्दै स्थानीयको भिड आक्रोशित बन्न पुगेको थियो । मृतक रामगं्राम नगरपालिका वार्ड नं. १ सहुवा टिकरका २० वर्षिय रामु हरिजन हुन् । मृतक रामु घरमै बेहोस भएपछि अस्पताल ल्याइएको परिवारले जनाएको छ । तर, अस्पतालका कर्मचारी रामुको मृत्यु भइसकेको भन्दै पोष्टमार्टम गर्न तयारी गरिरहदा अस्पतालमा स्थानीयको आक्रोश र तनाव बढेको थियो । अस्पतालमा उपचारको ढिलाईले ढिलाईका कारण युवक रामुको मृत्यु भएको आरोप लगाउदै आक्रोसित भिडले अस्पतालको झयाल, ढोकामा तोडफोड गर्दै अस्पतालका कर्मचारी माथि दुव्र्यहार गर्न खोज्दा प्रहरी र भिडबिच झडप भएको हो । अस्पतालको सुपरिटेन्डेट डाक्टर नुरुलहोदाका अनुसार रामु अस्पतालमा ल्याउदा ल्याउदै बाटोमै मृत्यु भएको पुष्टि गरेका छन् दिउँसो ५ बजेदेखि भएको तनाव रातीको ९ बजेपछि मात्र साम्य पारिएको थियो । मृतक रामुको मृत्यु के कारणले हुन पुगेको हो भन्ने कुरा पोष्टमार्टम पछि मात्र थाहा लाग्ने अस्पतालले जनाएको छ । विरामी करेन्ट लागेर हो कि सर्पले टोकेको भन्ने विषयमा समेत परिबार दुविधामा छन् पोष्टमार्टमपछि नै निष्कर्ष आउने र त्यही अनुसार अघि बढ्ने परिबार र अस्पताल बीच सहमति भएको जनाइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 6
Total damaged Buildings 1
National/Online Media

0 Comments