Incident Reports

बहुविवाह घटनाका आरोपितविरुद्ध उजुरी

2017-07-12

Madhes, Siraha, Laxmipur Patari

धनगढीमाई नपा-९ कि २९ वर्षीया मञ्जु कामतीले ३१ वर्षीय पति जयप्रकाश महतोले बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असार २८ गते उजुरी दिएकी छन् । पीडित महिलाका अनुसार आरोपितले ७ वर्षअघि आफूसँग प्रेम विवाह गरेको र दुई जना बच्चा भएपछि बल्हीकी १८ वर्षीया भगवन्ती कामतीसँग वैशाख ४ गते बहुविवाह गरेको थाहा भएपछि उजुरी दिइएको हो । इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार उजुरी प्राप्त भएपनि आरोपित फरार रहेका छन् ।

0 Comments