Incident Reports

पेस्तोलसहित तीन जना पक्राउ

2017-07-25

Bagmati, Kathmandu, Budhanilakantha, Ward 9

प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । चितवन बघौडा नगरपालिका-१ का २७ वर्षे अनिल महतो, रामेछापको खनियाँपानी-३ का २७ वर्षे महेश लामा र काभ्रेको पात्लेखेत-१ का २४ वर्षे रोदन लामालाई प्रहरीले काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यकाका विभन्नि स्थानमा हातहतियारसहित अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्ने विषेश सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध विभाग टेकुले जानकारी दिएको छ । उनीहरुको साथबाट लुकाइ राखेको अवस्थामा एउटा कटुवा पेस्तोल र ३०३ थान गोली बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनालाई महानगर प्रहरी परिसर पठाइएको छ ।

0 Comments