Incident Reports

प्रचण्ड र बिप्लवका कार्यकर्ताले मालपोत कार्यालयका प्रमुखलाई कालोमोसो दले

2017-07-25

मुक्त हलिया पुनःस्थापनाको रकममा कमिसन खान खोजेको भन्दै जिल्ला मालपोत कार्यालय डोटीका कार्यालय प्रमुख सुनिल सागर जोशीलाई कालो मोसो दलिएको छ। माओवादी केन्द्र र बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले संयुक्त रुपमा कालो मोसो दलेका हुन् । माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिबालय सदस्य डबल सिँह र नेकपाको राष्ट्रिय युवा जन स्वयंसेवक जिल्ला सह ईन्चार्ज मोहन कठायतको नेतृत्वमा गएको समूहले जोशीलाई कालो मोसो दलेको हो । कार्यालयको गेटमा ताला लगाएर परिसरमा धर्नामा बसेका मुक्त हलियाहरुसंग कुरा गरिरहेको बेलामा एक्कासी आएर ‘कुरा गर्नुछ’ भन्दै कालो मोसो दलेका थिए। ‘हलियाहरुको नाममा आएको रकममा लाखौंको कमिसनको खेल गर्न थालेको र कमिसन खान नपाएपछि रकम फ्रिज गर्न खोजिएकोले कालो मोसो दलिएको हो’, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य सिंहले भने, ‘हाकिम र केही अरु व्यक्तिका कारण फ्रिज हुने निश्चित भएकोले हामीले बाध्य भएर यस्तो गर्नु परेको हो ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments