Incident Reports

चिकित्सकको दादागिरी बन्द गर्न युवा सडकमा

2017-07-21

Madhes, Dhanusha, Janakpur

जनकपुर अञ्चल अस्पतालमा चिकित्सक तथा नर्सहरुको लापरवाहीले दिनानुदिन आम नागरिकको मृत्यु भइरहेकोप्रति जनकपुरको एक युवा समुहले चासो देखाउँदै प्रदर्शन गरेका छन् । केही दिन पहिले मात्र एउटा गर्भवति महिला र बुधबार मात्र १३ वर्षिया बालकको उपचारको क्रममा मृत्यु भएका त्रृटिहरुको सत्य तथ्य बाहिर ल्याउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । स्थानीय जनकचौकबाट प्लेकार्डसहित निस्केको युवाहरुको र्याली जानकी चौक, राम चौक, देवी चौक हुँदै जनकपुर अञ्चल अस्पतालमा पुगेको थियो । अञ्चल अस्पतालमा मूलगेटमा युवाहरुले अस्पतालको चरम लापरवाहीको शिकार स्थानीय सर्वसाधरण हुनुपरेको आरोप लगाएका थिए । प्रदर्शनको क्रममा उत्रेका युवाहरुले अञ्चल अस्पताल प्रशासन शाखामा समेत प्रदर्शन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments