Incident Reports

मेलम्ची सडक जिर्ण भएको भन्दै स्थानीयद्वारा यातायात ठप्प

2017-07-25

Bagmati, Sindhupalchok, Melamchi

मेलम्ची सडकखण्ड जीर्ण भएको भन्दै सम्बन्धित निकायको ध्यान आकर्षणको लागि स्थानीयले सडक बन्द गरेका छन् । सडकतर्फ ध्यान तान्न सिन्धुपाल्चोकको ढाँडखोला र काभ्रेको हिगँुवापाटीका स्थानीयले सडक बिचैमा अवरुद्ध गरेका हुन् । इन्द्रावतीमा उत्खनन् भएका नदीजन्य बालुवा, ढुंगा र गिट्टी ढुवानी गरिरहेका ट्रिपर ,ट्रकलाई रोकेर स्थानीयले जिल्ला समन्वय समितिको विरोध जनाएका हुन् । नदीजन्य पदार्थ बोकेका ट्रिपर र ट्रक बाहेक अन्य सवारीसाधनलाई रोकीएको छैन् । सडक बन्द भएर ट्रिपर नचलेकाले इन्द्रावती किनारका मेलम्चीदेखि ढाँडखोलासम्म रहेका दर्जनौं क्रसर उद्योगले तयार पारेको पदार्थको निकासी रोकीएको छ । बर्सेनी करोडांैको ठेक्का आव्हान गरेर जिल्ला समन्वय समितिले आन्तरिक राजस्व संकलन गर्दै आएको भएपनि सडकप्रति कुनै ध्यान नदीएको स्थानीयको गुनासो छ । ट्रिपरले सडकको क्षमताभन्दा सामाग्री ढुवानी गरिरहेकाले जीर्ण भएको र हालसम्म सडक सुधारको लागि रकम समेत नछुट्याएको उनीहरुको भनाई छ । जिरोकिलो देखि मेलम्ची बजारसम्मको सडक सम्भारको लागि उठेको रकम कार्यमा लगाउनको लागि यो वर्ष जिल्ला परिषद बैठक नबसेकोले स्थानीयको माग सम्बन्धोन हुन् नसकेको जिससका अधिकारी कृष्णबहादुर शाहीले बताए । ‘यसबारे तत्कालै छलफल गरिनेछ,’ उनले भने, ‘जिरो किलो देखि ढाँडखोलासम्मको सडक कालोपत्रे गर्न सडक विभागले जिम्मा लिइसकेकाले मर्मतसंभार गर्ने अधिकार हामीलाई छैन् ।’ उनकाअनुसार स्थानीयको मागलाई समबन्धोन गर्न मेलम्ची सडकबारे सम्बन्धीत निकायसँग छलफल भइरहेको छ । उनले लामो समय पुरानै अवस्था व्यहोर्नु परेकाले माग जायज भएको र विगतदेखि संकलित भएको रकम पुर्ण रुपमा सुरक्षित रहेको जनाए । मेलम्ची सडकखण्डमा स्थान स्थानमा क्षतीग्रस्त भएकाले यात्रु सवारीभित्र घाइते हुन्े गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची देखि काभ्रेको जिरोकिलोसम्म सडक खाल्डाखुल्टीले भरिएकोले धेरै दुर्घटना हुने गरेको स्थानीय गणेश भट्टराईले बताए । ‘जति राजस्व संकलन भएपनि सडकको अवस्था कहिल्यै फेरिएन्,’ फट्केश्वरका स्थानीय भट्टराइले भने, ‘सडकमा यात्रा गर्दागर्दै ठोक्कीएर घाइते होइन्छ ।’ नदीजन्य पदार्थको संकलनको नयाँ ठेक्कामा सामेल नगरेपछि ट्रिपर व्यवसायी संघमा आबद्ध केही व्यक्तिको उक्साहटमा स्थानीय संलग्न भइ ट्रिपर ढुवानी बन्द गरिएको बालुवा गिट्टी संकलन गरिरहेकाहरुको आरोप छ । ट्रिपर व्यवासायी संघले योजना बनाएर नै मेलम्ची सडकखण्ड अवरुद्ध पारेको मेलम्ची नगरपालिका १४ वडाध्यक्ष देवेन्द्र घोरासैनीको भनाइ छ । ‘हालसम्म ट्रिपरको लागिमात्रै सडक बन्द गरेको पाइएको छ,’ इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले भने, ‘अन्य सवारीसाधन निर्वाध सञ्चालन भइरहेका छन् ।’ दैनिक दुई सय भन्दा बढी ट्रिपर आवतजावत गरिरहेका सडक दुई दिनदेखि ठप्प रहेको छ । सो ट्रिपर सञ्चलानमा आएका क्रसरका सामाग्रीको ढुवानी गरिरहेका थिए । अहिले स्थानीयसँगै मिलीजुली ट्रिपर व्यवसायीले सडक पुरा अवरोध गरेपछि ढुवानीलगायत कार्यमा बाधा आएको व्यवसायी शिवराम दंगालले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments