Incident Reports

आंगिक प्राध्यापक करारको माग गर्दै रिले अनशनमा

2017-07-25

Bagmati, Kathmandu, Kathmandu

RSS त्रिभुवन विश्वविद्यालयका आंगिक प्राध्यापकले करारको माग गदै मंगलबारदेखि रिले अनशन शुरु गरेका छन् । कम्तीमा एक शैक्षिक सत्र पढाएका आंगिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गदै रिले अनशन शुरु गरिएको आंगिक प्राध्यापक संघका सदस्य घमराज लुइँटेलले बताए । आंगिक प्राध्यापकले उपकुलपतिको कार्यालय अगाडि मंगलबार बिहान ८ बजेदेखि अनशन शुरु गरेका हुन् । लुइँटेलका अनुसार साउन २२ गतेसम्म अनशन सञ्चालन हुनेछ । उनीहरुले नियमित रुपमा त्रिवि सेवा आयोगबाट उप–प्राध्यापकको विज्ञापन खुलाउनुपर्ने र शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने समेत माग राखेका छन् । अनशनबाट हाम्रा माग सम्बोधन नभए कडा आन्दोलन गर्ने उननले जानकारी दिए । विसं २०६१ देखि त्रिविको केन्द्रीय क्याम्पस कीर्तिपुरसहित देशभरिका त्रिविका आंगिक क्याम्पसमा करिब एक हजार २०० आंगिक प्राध्यापक छन् । आंगिक प्राध्यापकले प्रति शिक्षणबापत रु ३६० पाउने गर्दछन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments