Incident Reports

ह्याम्मरले हानेर श्रीमतीको हत्या

2017-07-26

Gandaki, Tanahun, Shuklagandaki, Ward 7

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् । उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताए । मोरङ मधुमल्ला गाउँपालिका–३ घर भई हाल विष्णुबहादुर विकको घरमा डेरा गरी बस्दै आएका राईले श्रीमतीलाई ह्याम्मरले हानेर हत्या गरेको जानकारी उनले दिए । आवेशमा आएर उनले ह्याम्मरले हान्दा बुद्धिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने कुमारलाई इलाका प्रहरी कार्यालय, बेलचौताराले तत्कालै नियन्त्रण लिएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालतर्फ पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Abducted 00
Severely damaged Buildings 00
National/Online Media

0 Comments