Incident Reports

काकी बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ

2017-07-18

Karnali, Salyan, Dhorchaur

Police are further investigating on the incident, informed DSP Shyam Khatri of DPO सल्यानको ढोरचौर गाउँपालिकाका एक वडा सदस्य हाड नाता करणीको आरोपमा पक्राउ परेका छन् । काकी नाता पर्ने २० वर्षकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षका उनलाई पक्रेको हो । अरोपितको घरमा डेरा गरेर बस्दै आएको र साउन ३ गते राती घरमा कोही नभएको बेलामा बलात्कार गरेको पीडितले बताएकी छन् । पीडितको साउन ७ गते जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परिक्षण गरिएको थियो । उनले साउन ६ गते अस्थायी प्रहरी पोष्ट ढोरचौरमा दिएको मौखिक उजुरीको आधारमा आरोपितलाई त्यही दिन गिरफ्तार गरिएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानमा मुद्दा साउन ८ गते लिखित रुपमा दर्ता भएको हो । आरोपित वैशाख ३१ गते सम्पन्न स्थानीय तह पहिलो चरणको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य हुन् । घटनाको थप अनुसन्धान भैरहेको डिएसपि श्याम खत्रीले जानकारी दिनु भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Sarlahi

0 Comments