Incident Reports

ताप्लेजुङमा भरुवा बन्दुकसहित दुई पक्राउ

2017-07-30

Province 1, Taplejung, Sirijangha

सिरिजंगा गाउँपालिकाका दुई जनालाई दुई नाल भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । सिरिजङ्घा गाउँपालिका ५ का २८ सनकुमार माबो र ८ का २२ छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय तेल्लोकको गस्ती टोलीले बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान सुरु गरेको छ ।
National/Online Media , Police website , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments