Incident Reports

बालिका बलात्कार गर्ने युवक पक्राउ

2017-07-30

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 3

दस वर्षीया बालिकालाई बलात्कार गर्ने युवक पक्राउ परेका छन्। रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ कट्टीका १७ वर्षीय सोनाम राई शनिबारै राति एक नाल भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवका अनुसार बलात्कृत बालिका चिच्याएपछि आफन्तले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनलाई घरैबाट पक्राउ गरेको हो। पक्राउ परेका राईविरुद्ध जबरजस्ती करणी महलअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ। ‘पक्राउ गर्न जाँदा उनको कोठामा भरुवा बन्दुक पनि फेला पर्‍यो,’ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले भने, ‘उनीविरुद्ध जबरजस्ती करणी र हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Sarlahi

0 Comments