Kins and family of patient picketed rehabilitation center in Mechinagar-6 on 29 and 30 July after his death at the center. Deceased has been identified as 24-year-old Arjun Basnet. He was found hanging by the ceiling in the center at 11 o'clock on July 28 and breathed his last on his way to the hospital.
Basnet's family have termed the incident as murder and have blamed the center for Arjun's death. Severe bruises were found on his body which hints at his death being less of a suicide and more of a murder.
Meanwhile, police has taken three people into custody for investigation, president of the center Raju Buddhathoki, Therapist Manish Chhetri and Bola Rai.
लागु औषध दुर्व्यसनी युवकको सुधार केन्द्रभित्रै मृत्यु भएपछी आफन्तले काकरभिट्टाको स्वतन्त्र प्रतिष्ठान नेपाल सुधार केन्द्र घेराउ गरेका छन्।सुधार गृह बस्दै आएका मेचीनगर ७ का २४ वर्षका अर्जुन बस्नेतको मृत्यु शंकास्पद रहेको भन्दै उनीहरुले घेराउ गरेका हुन् ।शुक्रबार राति ११ बजेतिर सुधार केन्द्रमा झुण्डिएको अवस्थामा भेटिएका बस्नेतको उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएको थियो। तर मृतकको शरीरमा नील डाम, टाउकोको कपाल चार तिरबाट मोडिएको साथै अन्य स्थानमा समेत समेत पाइपको डाम भएको कारण स्थानीयले मृत्यु रहस्यपूर्ण रहेको भन्दै शनिबार र आइतबार इलाका प्रहरी कार्यालय र स्वतन्त्र प्रतिष्ठान नेपालको कार्यालय अगाडी धर्ना र घेराउ गरेका हुन्।
मृतकको शरीरमा निलडामहरु रहेको र अमानवीय व्यवहार गरेको भन्दै कडा कारवाही गरिनुपर्ने मृतककी सानीआमा माया तिम्सिनाले बताइन्। आफुहरुले अर्जुनको हत्या भएको भन्दै प्रहरीमा उजुरी समेत दिएको उनले बताइन्। प्रहरीका अनुसार सुधार केन्द्रक अध्यक्ष राजु बुढाथोकी,थेरापिस्ट मनिष क्षेत्री तथा भोला राईलाई हाल अनुसन्धानको लागि हिरासतमा राखिएको छ।