Incident Reports

शंकास्पद मृत्युपछी सुधार केन्द्र घेराउ

2017-07-30

Province 1, Jhapa, Mechinagar, Ward 6

लागु औषध दुर्व्यसनी युवकको सुधार केन्द्रभित्रै मृत्यु भएपछी आफन्तले काकरभिट्टाको स्वतन्त्र प्रतिष्ठान नेपाल सुधार केन्द्र घेराउ गरेका छन्।सुधार गृह बस्दै आएका मेचीनगर ७ का २४ वर्षका अर्जुन बस्नेतको मृत्यु शंकास्पद रहेको भन्दै उनीहरुले घेराउ गरेका हुन् ।शुक्रबार राति ११ बजेतिर सुधार केन्द्रमा झुण्डिएको अवस्थामा भेटिएका बस्नेतको उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएको थियो। तर मृतकको शरीरमा नील डाम, टाउकोको कपाल चार तिरबाट मोडिएको साथै अन्य स्थानमा समेत समेत पाइपको डाम भएको कारण स्थानीयले मृत्यु रहस्यपूर्ण रहेको भन्दै शनिबार र आइतबार इलाका प्रहरी कार्यालय र स्वतन्त्र प्रतिष्ठान नेपालको कार्यालय अगाडी धर्ना र घेराउ गरेका हुन्। मृतकको शरीरमा निलडामहरु रहेको र अमानवीय व्यवहार गरेको भन्दै कडा कारवाही गरिनुपर्ने मृतककी सानीआमा माया तिम्सिनाले बताइन्। आफुहरुले अर्जुनको हत्या भएको भन्दै प्रहरीमा उजुरी समेत दिएको उनले बताइन्। प्रहरीका अनुसार सुधार केन्द्रक अध्यक्ष राजु बुढाथोकी,थेरापिस्ट मनिष क्षेत्री तथा भोला राईलाई हाल अनुसन्धानको लागि हिरासतमा राखिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments