Incident Reports

हत्या घटनाले दिनभर इप्रका घेराउ, आक्रोशित भीडद्वारा दुई घण्टा राजमार्ग बन्द

2017-07-30

Madhes, Bara, Nijgadh, Ward 5

निजगढमा निशान्त सापकोटाको छिमेकीकहाँ हत्या भएपछि निजगढवासी आतङ्कित देखिएका छन् । निजगढ–५ गैरीगाउँका १६ वर्षीय निशान्त सापकोटाको शुक्रवार बेलुकी करिब ५ बजे निजकै घरबाट १५/२० दूरीमा रहेको छिमेकी साथी बिविका थापाको घरैभित्र घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो । निशान्तको विभत्स हत्या भएपछि गाउँटोल नै शोकमा डुबेको छ । छोराको हत्या खबरपछि आमा मनिता पटकपटक मूर्छित भइरहेकी छन् । सोच्नै नसकिने गरी निशान्तको हत्या भएको गाउँलेहरूको भनाइ छ । निशान्तका बुबा मनोज सापकोटा वैदेशिक रोजगारमा छन् । बिचारी भनिने चिमबहादुर थापाको काठेघरको माथिल्लो कोठामा घटना भएको हो । घरधनी बिचारी, निजकी श्रीमती भवानी थापा, छोरी बिविका र छोरालाई प्रहरीले अनुसन्धानका लागि हिजै नियन्त्रणमा लिइसकेको छ । प्रहरीले घटनाबारे गहिरो अनुसन्धान थालेको प्रतिक्रिया दिएको छ । तर दोषीको पहिचानको बारे अहिले प्रहरीले केही तथ्य बाहिर सार्वजनिक गरेको छैन । “घरै नजिकको छिमेकी घरको माथिल्लो कोठामा दिउँसै घटना घटेको छ । घाँटी रेटिएको अवस्थामा आलै रगतमा डुबेको शरीर फेला परेको छ । अनुसन्धान गरिरहेका छौं,” इलाका प्रहरी कार्यालय निजगढका निमित्त प्रमुख एवं प्रहरी नायब निरीक्षक कैलाशबहादुर केसीले बताए। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दिलीप घिमिरे र प्रहरी निरीक्षक दीपककुमार साहले घटनाको अनुसन्धान गरिरहेका छन् । दोषीलाई चाँडोभन्दा चाँडो सार्वजनिक गरी कडा कारबाही हुनुपर्ने भन्दै बिहानैदेखि गाउँलेको भीड इलाका प्रहरी कार्यालय निजगढ परिसर र राजमार्गमा जम्मा भएको थियो । आक्रोशित भीडले शनिवार दिउँसो करिब दुई घण्टा सडक बन्द गरेको थियो । पीडित परिवारले किटानी जाहेरी आज इप्रका निजगढमा दिएको छ । चन्द्रनिगाहपुर अस्पतालमा राखिएको मृतक निशान्तको आज पोस्टमार्टम भएको निजगढ प्रहरीले जानकारी दिएको छ । थापाको बारीमा ढुङ्गाको गारो लगाउन मजदुरी गर्न गएका दुईजना स्थानीयलाई पनि शङ्काको आधारमा गाउँलेले प्रहरीलाई बुझाएका छन् । घटना घट्नुभन्दा आधा घण्टाअघिसम्म निशान्तले गाईवस्तुको लागि ढोड काटेको आफन्तले बताए । काठेघरको माथिल्लो तलामा हत्या भएपछि भुइँ तलामा रगत चुहिएको छिमेकी वृद्ध दम्पतीले देखेपछि घटना बाहिर आएको घटनास्थल पुगेका स्थानीयहरूको भनाइ छ । वल्लो/पल्लो छिमेकीकै घरमा डरलाग्दो ज्यानै जाने घटना भएपछि स्थानीय सचेत बनेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments