Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

2017-08-01

Lumbini, Dang, Lamahi, Ward 4

लमही नगरपालिका-४ की ३० वर्षीया विमला बिकलाई कथित बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले एकै घरका तीनजनालाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई बोक्सी लगाएर छोरा बिरामी गराइदिएको आरोप लगाउँदै साउन १७ गते लमही नगरपालिका-४ का ४० वर्षीय कृष्णबहादुर बिक, उनकी ३५ वर्षीया पत्नी केशरी बिक र १९ वर्षीय छोरा सन्दीप बिकविरुद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको वडा प्रहरी कार्यालय लमहीका असई नरतुम गिरीले जानकारी दिए । कुटपिटका कारण पीडित शरीर र टाउकोमा गम्भीर चोट लागेकाले लमही अस्पतालमा साउन १८ गते उपचार भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other types of GBV
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC , National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Kailali

0 Comments