Incident Reports

बन्धक बनाई बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

2017-08-01

१४ वर्षीया बालिकालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले औरही गाउँपालिका-१ बस्ने २८ वर्षीय प्रमोद महतोलाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले घरबाट भगाएर भारतको सितामढीमा लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर शम्भू पोखरेलले बताए । एक वर्षपहिले गाउँमै आरोपित प्रमोदले ती बालिकालाई ट्युसन पढाउने गरेको पीडित पक्षले जनाएको छ । साउन १७ गते आरोपित महतोले बालिकालाई भगाएर भारतको सितामढी स्थित साथीको घरमा पुर्‍याएका थिए । साउन १७ गते साँझ बालिकाका घरमा नभेटिएपछि अभिभावकले बालिका हराएको भन्दै खोजी गरेका थिए । खोजी गर्दा बालिका नभेटिएपछि अभिभावकले प्रहरी चौकी औरहीमा साउन १८ गते बालिका हराएको सूचना दिएका थिए । अभिभावक र प्रहरीले संयुक्त रूपमा खोजी गर्दा आरोपित शिक्षकले बालिकालाई भारतमा बन्धक बनाएर राखेको सुराक पाएका थिए । सोही आधारमा प्रहरी चौकी औरहीले अभिभावकको सहयोगमा साउन २१ गते सितामाढीबाट बालिकाको उद्धार गरेर ल्याएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जलेश्वरमा साउन २२ गते गरिएको छ । अजयकुमार साह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Sarlahi , Local Newspaper - Jhapa , Local Newspaper - Rautahat , Local Newspaper - Chitwan , Local Newspaper - Siraha , Local Newspaper - Saptari , Local Newspaper - Mahottari

0 Comments