Incident Reports

बेचबिखन घटनाका पीडितको उद्धार, आरोपित गिरफ्तार

2017-08-06

३४ वर्षीया र २३ वर्षीया दुईजना महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले बेलहिया नाकाबाट साउन २२ गते दिउँसो उद्धार गरी दुई जना आरोपितलाई बेलहियाबाटै गिरफ्तार गरेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका-१७ का २१ वर्षीय विष्णुप्रसाद पाण्डे र तिलोत्तमा नगरपालिका-१० का ३१ वर्षीय भिमबहादुर पुनलाई गिरफ्तार गरेको जनाएको छ । बुटवल उपमहानगरपालिका-११ का ४५ वर्षीय नरबहादुर गुरुङ फरार रहेको पनि प्रहरीले जनाएको छ । दुवई जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएको र आरोपित र पीडितबिच राम्ररी चिनजान समेत नभएकोले बेचबिखनका लागि लैजान थालेको र दुवई पठाउने भन्ने बहाना मात्र भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । रीमा बिसी Reema BC

0 Comments