Rautahat farmers have picketed District Administration Office (DAO), Gaur demanding compensation for destroyed crops in planted in thousands of Bighas caused by toxic liquid discharged by factories such as Jyoti Distillery, Baba Distillery and Shreeram Sugar Mill during monsoon.
Around 2, 700 farmers from Rajapur Tulsi, Bhediyahi, Saruattha, Jhunkhanuwa, Pachrukhhi, and Badharwa demonstrated in front of the DAO and Agriculture Development Office (ADO) in Gaur. Badharwa's farmer Nagendra Sah claimed to have lost three Bighas of crops due to the harmful liquid discharged by the factories. Farmers also claimed that the hazardous waste has decimated the aquatic life in the Jhanj River.
Chief District Officer Uddhab Bahadur Thapa has directed the chief of ADO Raj Narayan Yadav to investigate the matter and collect all the necessary information on the loss of crops to compensate the farmers.
Earlier in July, CDO compensated Rs 80 million to the farmers for a similar case.
री राम सुगर मिल्स, बाबा डिस्टिलरी विर्ता, ज्योति डिस्टिलरी पिपरापोखरिया र एभरेस्ट डिस्टिलरी गंगापिपराले वर्षाको मौका पारी छाडेको विषाक्त पानीले हजारौं बिघा खेती नोक्सान भएपछि रौतहटको विभिन्न गाउँका किसानले क्षतिपूर्तिको माग गर्दै मंगलबार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन्।
गत हप्ता पानी परेपछि जिल्लाका डिस्टिलरीले खोलामा विषाक्त पानी छाडेका थिए । विषाक्त पानीका कारण रौतहटको करिब एक दर्जन गाउँका किसानको खेतमा लगाइएको बाली नोक्सान पु¥याएको छ । रौतहटको राजपुर तुलसी, भेडियाही, सरुअठा, झुनखुनवा, जेठरहिया, पचरुखी, बडहर्वा लगायत गाउँका दुई हजार सात सय किसानको हजारौं बिघामा लगाइएको धान, तरकारी र उखुखेतीमा क्षति पुर्याएको भन्दै किसानले जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला कृषि विकास कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
डिस्टिलरीहरुले एकसाथ झाँझ नदीमा विषाक्त पानी छाडेको आरोप किसानले लगाएका छन् । विषाक्त पानीले गर्दा किसानको धान र तरकारी बाली डढेर सखाप नै भएको छ भने उखुबालीमा पनि व्यापक क्षति पुगेको छ । खेतमा रहेको जलचर पनि सखाप भएको छ । झाँझ नदीमा रहेको सबै जलचर पनि नष्ट भएको किसानको आरोप छ । आफ्नो तीन बिघा खेतमा लगाइएको धानबाली विषाक्त पानीका कारण सखाप भएको बडहर्वाका अगुवा किसान नागेन्द्र साहले बताए ।
यसैबीच जिप्रकाले चारवटै डिस्टिलरी उद्योगलाई खोलामा पानी नछाड्न निर्देशन दिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जिल्ला कृषि विकास कार्यालय रौतहटका प्रमुख राजनारायण यादवलाई किसानको खेतमा भएको क्षतिको विवरण संकलन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन् ।
चारवटै उद्योगले गत ०७१ साउन २९ गते विषाक्त पानी छाडेपछि दुई हजारभन्दा बढी किसानको बाली नष्ट भएको थियो । तत्कालीन सरकारले छानबिन गरी किसानलाई करिब आठ करोड रुपैयाँ क्षतिपूर्ति दिलाएको थियो ।