Incident Reports

विश्वविद्यालयमा लगाए विद्यार्थीले ताला

2017-08-08

RSS विभिन्न स्वरुपमा विरोधमा उत्रँदै आएका विद्यार्थीले मंगलबार वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)को केन्द्रीय कार्यालयमा ताला लगाएका छन् । विश्वविद्यालय अनुदान आयोगको निर्देशन विपरीत निजी कलेजलाई अपारदर्शी रुपमा सम्बन्धन दिन थालेको विरोधमा मंगलबार विद्यार्थीले ताला लगाएका हुन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीले सामुदायिकलाई नदिई निजी क्याम्पसलाई सम्बन्धन दिनुमा आर्थिक चलखेल रहेको आरोप लगाउनुभयो । अखिल क्रान्तिकारी सचिवालय सदस्य राजेन्द्र बुढाले विद्यार्थी संगठन, अधिकांश सिनेट सदस्यको असहमति हुँदाहुँदै विश्वविद्यालयले अपारदर्शीरुपमा सम्बन्धन दिन थालेको भन्दै आपत्ति जनाउनुभयो । तत्काल सम्बन्धन प्रक्रिया स्थगन नगरे कडा संघर्षमा उत्रिने उहाँले चेतावनी दिनुभयो । नेवि संघसहित विभिन्न विद्यार्थी संगठन विश्वविद्यालयको बेथितिविरुद्ध आन्दोलित छन् । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा समेत सञ्चालन नभएका कार्यक्रमलाई व्यापारीकरण गर्ने उद्देश्यले स्वेच्छाचारी ढंगले सम्बन्धन प्रक्रिया अघि बढाएकोमा हालसम्म नेकपा एमालेबाहेकका दलले असहमति जनाइसकेका छन् । सबै विद्यार्थी संगठनले पनि विरोध गर्दै आएका छन् । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Kailali , Local Newspaper - Saptari

0 Comments