Incident Reports

बेचबिखन घटनाका आरोपित गिरफ्तार

2017-08-10

२० वर्षीया, २४ वर्षीया र २८ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर कैलालीको सीमा नाका त्रीनगरबाट भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले टिकापुर नपा-१३ का शिवराज सञ्जेल र सोही ठाउँका कमल चौधरीलाई साउन २५ गते गिरफ्तार गरेको छ । तीन जना महिलासहित आरोपितहरू भारतीय बजारतर्फ गइरहेको अवस्थामा शङ्का लागेर सोधपुछ गर्दा उनीहरूको कुरा बाझिएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी अर्जुन चन्दले बताए । २० वर्षीया र २४ वर्षीया महिलाका परिवारहरू सम्पर्कमा अएपनि हालसम्म २८ वर्षीया महिलाको परिवारका कोही पनि सम्पर्कमा आई नपुगेकोले पुनःस्थापाना गृहमा पठाइएको प्रहरीले जनाएको छ ।

0 Comments