Incident Reports

बलात्कारपछि बालिकाको हत्या

2017-08-15

Madhes, Dhanusha, Janakpur, Ward 1

RSS जनकपुर उपमहानगरपालिका १ मुसहरटोलकी एक बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा स्थानीयवासीले ३५ वर्षीय रामचन्द्र महतोलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । महतोले १२ वर्षीया बालिकालाई मंगलबार साँझ पौने ६ बजे घरमै बलात्कार गरी हत्या गरेको स्थानीयवासीको कथन छ । धनुषा बहेराबेला बस्ने महतो बालिकाकै घरमा भाडामा बस्दै आएका थिए । उनीहरूका अनुसार बालिकाका आमा–बुवा र महतोकी श्रीमती कृष्णाष्टमी मेला हेर्न गएका थिए । घरमा दिदी–बहिनीमात्रै भएका बेला महतोले बहिनीलाई पान पराग लिन पठाई उक्त हर्कत गरेको स्थानीयको आरोप छ । बालिकाको क्रन्दन सुनेर भेला भएका टोलबासीले महतोलाई मरनासन्न हुनेगरी कुटपिट गरेका थिए । महतोको जनकपुर अञ्चल अस्पतालमा उपचार हुँदै छ । प्रहरी उपरीक्षक लालमणि आचार्यले प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई बलात्कार गरी हत्या गरेको देखिए पनि शवको पोस्टमार्टमपश्चात् मात्र वास्तविक कुरा सार्वजनिक हुने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons Unclear
Primary Cause Rape/sexual assault
Secondary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Injured 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha , Local Newspaper - Sarlahi

0 Comments