Incident Reports

गैरीगाउँ सुकुम्बासी टोलमा युवती मृत अवस्थामा फेला, श्रीमान् प्रहरी नियन्त्रणमा

2017-08-16

Bagmati, Kathmandu, Kathmandu, Ward 9

तीनकुने गैरीगाउँ सुकुम्बासी टोल-९मा एक युवती मृत अवस्थामा फेला परेकी छिन्। बुधबार बिहान श्रीमान्‌सँग झगडा गरेकी १८ वर्षीया दीपा कुवँर परियार साँझ मृत अवस्थामा फेला परेकी हुन्। श्रीमान् किसन परियार विहान श्रीमतीलाई पिटेर काममा हिडेका दीपाका दाजु कुमार कुँवरले बताए। उनले भने, 'श्रीमान्‌ले विहानै श्रीमतीलाई पिटेर काममा हिडेका थिए। साँझमा छिमेकीहरुले श्रीमती मृत अवस्थामा फेला पारे।' श्रीमती मृत अवस्थामा फेला परेपछि किसन परियारलाई गौशाला प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। मृत श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। यता, छिमेकीहरुका अनुसार दीपा यसअघि श्रीमान्‌ले झगडा र कुटपीट गरेको सहन नसक्दा बागमतीमा हाम फालेर मर्ने प्रयास गर्दा आफूहरुले बचाएको बताएका छन्। दीपाले एक वर्षअघि किसनसँग भागेर विवाह गरेकी थिइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments