Incident Reports

बाढीपीडितको शिविरमै महिलामाथि हिंसा

2017-08-16

Gandaki, Nawalparasi West, Madhyabindu

गरूडा नगरपालिकाकी २५ वर्षीया एक महिलालाई ससुराले कुटपिट गरेको भन्दै पीडितले साउन ३२ गते प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र गरूडामा उजुरी दिएकी छिन् । त्यस्तै प्रतापपुर पल्टुवाकी २० वर्षीया एक महिलालाई साउन ३२ गते ससुराले कुटपिट गरेको भन्दै पीडितले सोही दिन उजुरी दिएकी छिन् । यी त प्रतिनिधि घटनाहरू मात्र हुन् । साउन २७ गतेदेखि आएको अविरल वर्षाका कारण पीडित भएकाहरू एउटै स्थानमा आश्रय लिइरहेको अवस्थामा महिलाहरू विभिन्न किसिमका यौन हिंसाबाट पीडित भएका छन् । बाढीले घरबार सबै बगाएका कारण परिवारका सदस्यहरू विद्यालय, मन्दिर, मस्जिद जस्ता शिविरहरूमा आश्रम लिएर बसेका र उनीहरूको लागि सुरक्षित आवासको व्यवस्था नभएका कारण हिंसाबाट पीडित बन्दै आएका छन् । घरबार सबै डुबाएपछि खुल्ला स्थानमा दिशा पिसाव गर्न जानु पर्ने र दिउँसै खुल्ला स्थानमा दिशा पिसाव गर्न गएको भन्दै परिवारका सदस्यहरूबाट कुटपिट र गालीबेइज्जती सहनु परेको पीडित महिलाहरूको गुनासो रहेको छ । बाढीबाट ८० प्रतिशत भन्दा बढी प्रभावित भएको रौतहट जिल्लामा करिव ४ लाख जनसङ्ख्या यसबाट प्रत्यक्ष प्रभावित भएको अवस्थामा बाढी पीडितहरू बसेको शिविरहरूमा कति हिंसा भएका छन् भन्ने एकिन तथ्याङ्क बाहिर आउन सकेको छैन । जिल्लाको सडक सञ्जालहरू सबै भत्किएका र प्रहरी इकाईसम्म पीडितहरू आउन सक्ने अवस्था नभएकाले पनि यस्ता खाले हिंसाका घटनाहरूको सङ्ख्या अझ बढी हुन सक्ने महिला तथा बालबालिका सेवा केन्द्र रौतहट जिल्ला सञ्जालका अध्यक्ष पुनम ठाकुरले बताइन् । प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र गरूडामा बाढी पश्चात मात्र १० ओटा घरेलु हिंसाका उजुरी दर्ता भएको सेवा केन्द्रका सई सञ्जिव सुवालले बताए । दर्ता भएका उजुरीहरू सबै बाढी प्रभावित गाविसका रहेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments