Incident Reports

सरिताको हत्या भएको माईती पक्षको दावी

2017-08-04

Madhes, Bara, Prasauni, Ward 2

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ त्रिवेणी टोलीको २२ वर्षिया सरितादेवीको हत्या भएको दावी माईती पक्षले गरेका छन्। सरिताको हत्या श्रीमान प्रदिप साह कानुले गरेको छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २२ भेडाहा माईती भएकी सरिता र प्रदिपको २०७१ बैशाख १३ गते विवाह भएको थियो। प्रदिप श्री नेपाल राष्टिय मावि बेनौलीका शिक्षक हुन् । नले १९ लाख दाईजो लिएर सरितालाई भित्राएका थिए । उनीहरुको १० महिनाको एउटा छोरा छ । सरिताको नारायणी उपक्षेत्रीयस अस्पताल विरगंसजमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको थियो । उनले आत्महत्याको प्रयास गरेको थाहा पाएपछि उद्धार गरेर ल्याएको दावी परिवार पक्षको छ । सरिताको बुवा विनोद साहले ज्वाई र उनका घरपरिवारका सदस्य छोरी सरिताको हत्या भएको दाबी गरे । प्रदिपको गाउँकै अर्कै केटिसंग प्रेम सम्बन्ध रहेकोले घरमा त्येही विषयलाइ लिएर झैँ झगडा हुने गरेको र त्यही कारणले सरिताको हत्या भएको तर्क माईती पक्षको छ । बिहिबार फुसको छानो भएको घरको बलोमा सालको पासो लगाएर झुन्डिएको अवस्थामा सरितालाई देखेपछि पासो काटेर उनको उद्दार गरिएको दावी परिवार पक्षको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Parsa

0 Comments