Incident Reports

भरुवा बन्दुक बरामद

2017-08-18

Lumbini, Banke, Duduwa, Ward 6

डुडुवा गाउँपालिका–६ चौधरीपुर्वा बस्ने २५ वर्षीय श्याम लोहनीयाको घरमा रहेको १ थान भरुवा बन्दुक शुक्रबार प्रहरीले बरामद गरेको छ । उनकै घरमा अगेना नजिकै ठाडो पारी राखेको उक्त भरुवा बन्दुक २ वटा कुकुर झगडा गर्दै आउँदा ढल्न गई पड्कदा निज श्याम छर्रा लागेर घाइते भएकोले उपचारको लागि भेरी अंचल अस्पताल लगिएको र अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

0 Comments