Incident Reports

केसीको समर्थनमा जाजरकोटमा डाक्टरहरु पनि आन्दोलनमा

2017-08-10

जाजरकोटका डाक्टरहरुले बिहीबार जिल्ला अस्पतालको सरकारी कक्ष बहिष्कार गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग गर्दै १८ दिनदेखि अनशनमा रहेका डा गोविन्द केसीको मागको समर्थनमा डाक्टरहरुले सरकारी कक्ष बहिष्कार गरेका हुन् । डाक्टरहरुले अस्पतालको आँगनमा बसेरे बिरामीको चेकजाँच तथा उपचार गरेका छन् । उनीहरुले सरकारी छाप लाएका पुर्जी प्रयोग नगरी शुल्क पनि नलिई सादा रजिष्टर तथा कागजमा बिरामीको नाम दर्ता र औषधी सिफारिस गरेका छन् । डा केसीको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै कालो पट्टी बाँधेर विरोधमा उत्रिएको अस्पतालका मेडिकल अधिकृत डा भूपेन्द प्रकाश मल्लले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments