Incident Reports

Agitators lock Vice-Chancellor, Rector and Registrar inside the office

2017-08-22

Bagmati, Kathmandu, Kathmandu, Ward 14

The agitating TU’s professor union has locked up VC, rector and registrar of the University for About Five hours inside the office. The agitating professors have locked up the officials inside the Public Administration Campus in Balkhu. The part time professors are agitating since four months demanding to void partial service and appointing them in contract basis. They are more agitated after delaying to address their demand. As per demand, the Tribhuvan University would issue a special advertisement to begin a process to make permanent appointment of the contract lecturers, said the TU´s VC Hira Bahadur Maharjan. However the demand is not addressed yet. Chairperson Sashi Kumar Sharma of the union said that they had to lockup the officials in protest of delaying to address their demand. The agitating party is exerting pressure on government by padlocking campuses and disrupting studies. The agitating part time professor federation said that the locked up officials will not be released. The dialogue between the agitating party and University official was held till late on August 21 however the dialogue was not successful. आन्दोलनरत आंशिक प्राध्यापक सङ्घले त्रिभुवन विश्वविद्यालयका भीसी, रेक्टर, र रजिष्ट्रारलाई भदौ ६ गते साढे ४ बजेदेखि राति ९ बजेसम्म थुनेका छन् । आन्दोलनरत आंशिक प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पस बल्खुभित्रै थुनेका हुन् । आंशिक प्राध्यापक सङ्घको नेतृत्वमा गत वैशाख १ गतेदेखि आन्दोलनरत आंशिक प्राध्यापकहरूले आंशिक सेवालाई खारेज गर्न र करार सेवामा नियुक्त गर्न भन्दैराखिएका माग पुरा गर्नमा ढिलाई गरेको आरोप लगाउँदै उनीहरूलाई थुनेका हुन् । सङ्घका अध्यक्ष शशिकुमार शर्माले आफूहरूको माग सम्बोधन गर्नमा ढिलाई गरेको आरोप लगाएका छन् । माग पुरा गराउन आन्दोलन गरिएपनि सुनुवाइ नगरेपछि ‘थुन्नु’ परेको उनको भनाई छ । साउन १० गतेदेखि त्रिविको मुख्य गेटमा अनसन बसेका प्राध्यापकहरूले केही दिनयता प्रधानमन्त्री निवास बालुवटारमा धर्ना दिँदै माग पुरा गराउन दबाव दिँदै आएका छन् । भदौ ६ गते पनि धर्नाको कार्यक्रम सकेर बल्खु पुगेका उनीहरूले भीसी, रेक्टर, र रजिष्ट्रारलाई थुनेका हुन् । सङ्घका सदस्य घमराज लुईँटेलले लुकीलुकी काम गर्ने तर आफूहरूको मागको सुनुवाइ नगरेपछि आन्दोलन शसक्त बनाउनुपर्ने अवस्था आएको जानकारी दिए । कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आंशिक प्राध्यापकहरूको माग सम्बोधनका लागि सकारात्मक भए पनि त्रिवि पदाधिकारीले चासो नदिएको लुर्इँटेलको आरोप छ । कुलपति एवम् प्रधानमन्त्री दउवाले माग सम्बोधन गर्न भनेर यसअघि नै निर्देशन दिए पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले वास्ता नगरेको सङ्घको आरोप छ । माग सम्बोधनका लागि सरकारलाई दबाव दिने उद्धेश्यले गत साउन २६ गतेदेखि त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा तालाबन्दी गरेर पठनपाठन ठप्प पारेका छन् । आन्दोलनरत आंशिक प्राध्यापक सङ्घ र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबिच भदौ ६ गते राति ९ बजेसम्म वार्ता गरेको भएपनि वार्ता असफल भएको भन्दै आंशिक प्राध्यापक सङ्घले थुनिएका कर्मचारीलाई त्यत्तिकै ‘मुक्त’ नगर्ने जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
INSEC

0 Comments