Incident Reports

माग पुरा नगरेको भन्दै आन्दोलनकारीबाट त्रिविका भीसी, रेक्टर, र रजिष्ट्रार कार्यालयमै थुनिए

2017-08-22

Bagmati, Kathmandu, Kathmandu, Ward 14

आन्दोलनरत आंशिक प्राध्यापक सङ्घले त्रिभुवन विश्वविद्यालयका भीसी, रेक्टर, र रजिष्ट्रारलाई भदौ ६ गते साढे ४ बजेदेखि राति ९ बजेसम्म थुनेका छन् । आन्दोलनरत आंशिक प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पस बल्खुभित्रै थुनेका हुन् । आंशिक प्राध्यापक सङ्घको नेतृत्वमा गत वैशाख १ गतेदेखि आन्दोलनरत आंशिक प्राध्यापकहरूले आंशिक सेवालाई खारेज गर्न र करार सेवामा नियुक्त गर्न भन्दैराखिएका माग पुरा गर्नमा ढिलाई गरेको आरोप लगाउँदै उनीहरूलाई थुनेका हुन् । सङ्घका अध्यक्ष शशिकुमार शर्माले आफूहरूको माग सम्बोधन गर्नमा ढिलाई गरेको आरोप लगाएका छन् । माग पुरा गराउन आन्दोलन गरिएपनि सुनुवाइ नगरेपछि ‘थुन्नु’ परेको उनको भनाई छ । साउन १० गतेदेखि त्रिविको मुख्य गेटमा अनसन बसेका प्राध्यापकहरूले केही दिनयता प्रधानमन्त्री निवास बालुवटारमा धर्ना दिँदै माग पुरा गराउन दबाव दिँदै आएका छन् । भदौ ६ गते पनि धर्नाको कार्यक्रम सकेर बल्खु पुगेका उनीहरूले भीसी, रेक्टर, र रजिष्ट्रारलाई थुनेका हुन् । सङ्घका सदस्य घमराज लुईँटेलले लुकीलुकी काम गर्ने तर आफूहरूको मागको सुनुवाइ नगरेपछि आन्दोलन शसक्त बनाउनुपर्ने अवस्था आएको जानकारी दिए । कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आंशिक प्राध्यापकहरूको माग सम्बोधनका लागि सकारात्मक भए पनि त्रिवि पदाधिकारीले चासो नदिएको लुर्इँटेलको आरोप छ । कुलपति एवम् प्रधानमन्त्री दउवाले माग सम्बोधन गर्न भनेर यसअघि नै निर्देशन दिए पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले वास्ता नगरेको सङ्घको आरोप छ । माग सम्बोधनका लागि सरकारलाई दबाव दिने उद्धेश्यले गत साउन २६ गतेदेखि त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा तालाबन्दी गरेर पठनपाठन ठप्प पारेका छन् । आन्दोलनरत आंशिक प्राध्यापक सङ्घ र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबिच भदौ ६ गते राति ९ बजेसम्म वार्ता गरेको भएपनि वार्ता असफल भएको भन्दै आंशिक प्राध्यापक सङ्घले थुनिएका कर्मचारीलाई त्यत्तिकै ‘मुक्त’ नगर्ने जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
INSEC

0 Comments