Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2017-08-23

Lumbini, Arghakhanchi, Sitganga, Ward 5

बहुविवाह गरेको आरोपमा शितगङ्गा नपा-५ का ३३ वर्षीय भिमलाल भुसाल र सोही ठाउँकी २६ वर्षीया चेतकला भुसाललाई प्रहरीले भदौ ७ गते गिरफ्तार गरेको छ । पीडित महिला देवकला भुसालले आरोपितद्वयले बहुविवाह गरेको आरोपमा कारबाहीको माग गर्दै भदौ ५ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितद्वयलाई कपिलवस्तुबाट गिरफ्तार गरिएको इलाका प्रहरी कायालय ठाडाका इन्स्पेक्टर नवराज न्यौपाने जानकारी दिए ।

0 Comments