Incident Reports

कलेज अफ इन्जिनियरिंग एण्ड म्यानेजमेन्टमा तोडफोड, २ बिद्यार्थी पक्राउ

2017-08-20

Lumbini, Banke, Nepalgunj

कलेज अफ इन्जिनियरिंग एण्ड म्यानेजमेन्ट र आन्दोलनरत बिध्यार्थीबीच तनाब बढ्दै जाँदा विद्याथीहरुले कलेजमा तोडफोड गरेका छन् । आफ्ना मागहरु कलेज प्रसासनले बेवास्ता गरेको भन्दै आइतबार तालाबन्दी गर्ने क्रममा बिद्यार्थीमाथि हातपात गरेपछि आक्रोशित विद्यार्थीले कलेजमा तोडफोड गरेका थिए । तर कलेज प्रसासनले भने बिद्यार्थीमाथि हातपात भएको घटना स्वीकार गरेको छैन । कलेज संचालकको दबाबमा मंगलबार प्रहरीले विद्यालयको ड्रेसमै रहेका दुई बिध्यार्थीलाई पक्राउ गरेको बिद्यार्थीहरुले जानकारी दिएका छन् । आफ्ना सहपाठी पक्राउ परेको बिरोधमा बिद्यार्थीहरुले नेपालगन्जको बिपीचोक र जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए । त्यसक्रममा बिद्यार्थीहरुले हाते साङ्ग्लो बनाएर सडक अबरुद्ध गरेका थिए । यता , कलेज प्रसासनले भने सातौं सेमेस्टरको परिक्ष्याफल प्रकाशित भएपछि कम नंबर एक बिध्यार्थीहरु आन्दोलनमा उत्रिएको आरोप लगाएको छ । कलेजमा शैक्षिक बाताबरण सुधार्न पटकपटक आन्दोलन गर्नुपरे पनि सुधार नभएको अनेरास्ववियु बाँकेका अध्यक्ष्य मोहित शाहले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Banke

0 Comments