Incident Reports

राहत नपाएको भन्दै रौतहटमा प्रदर्शन

2017-08-27

Madhes, Rautahat, Gaur

रौतहटको दुर्गाभगवती गाउँपालिकाका सयौं बाढी पीडितहरुले राहत नपाएको भन्दै जिल्ला सदमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन्। राहत वितरणमा भेदभाव भएको भन्दै यस्तो क्रम बन्द गर्न उनीहरुले स्थानीय प्रशासनसँग माग गरेका छन्। घर डुबानमा परेर केही पनि सामान नभएको र दुईसाता बित्न लाग्दा पनि राहत नपाएको स्थानीय सतेन्द्र दासले गुनासो गरेका छन्। पाँचसय भन्दा बढीको संख्यामा आएका बाढीपीडितले राहत माग गर्दै जिल्ला प्रशासन बिरुद्ध नाराबाजी पनि गरे। घर भत्केका र क्षति भएकालाई राहत दिनुपर्ने भन्दै भेदभाव बन्द गर्नुपर्ने अर्का स्थानीय नेता शम्भु सिंहको भनाइ छ। घरबार केही नभएको र खान समेत समस्या भएपछि राहत माग्न सदरमुकाम आएको भलौहीयाकी शोभा देवीले बताइन्। जिल्लामा पीडितले भन्दा टाठाबाठाले राहत पाएको गुनासो उनको छ। अर्की पीडित झलिया खातुनले ५ दिनदेखि आधापेट भुजाचिउरा खाएर बस्नु परेको भन्दै दुखेसो पोखिन्। स्थानीय प्रशासनले जिल्लामा ११ सय घरपरिवारलाई राहत सामाग्री आएको र घर भत्किएकाको लगत संकलन गरेर वितरण भइरहेको जानकारी दिएका छन्। केन्द्रबाट आएको राहत सामग्री क्षति अवस्था हेरेर सबै नगर तथा गाउँपालिकामा पठाइएको बताउँदै केही स्थानमा थोरै राहत आएको भन्दै पीडितले नलिएको अवस्था समेत रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताएका छन्। जिल्लामा करिब ६० हजार घरमा क्षति भएको र तीनलाख मानिस बाढीबाट प्रभावित बनेको स्थानीय प्रशासनको तथ्यांक छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments