Incident Reports

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

2017-08-27

Lumbini, Rupandehi, Siddharthanagar

३१ वर्षीया, २४ वर्षीया र २२ वर्षीया तीन जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई र ओमन लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले बेलहिया नाकाबाट भदौ ११ गते दिउँसो उद्दार गरी दुई जना आरोपितलाई भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई प्रलोभन देखाएर आरोपितहरूले बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । आरोपितहरू महाराजगञ्ज सुनौली भारतका २२ वर्षीय महेश गुप्ता र बाग्लुङ्ग जिल्ला काठेखोला गाउँपालिका-४ की ३० वर्षीय अनु खान रहेको प्रहरीले जनाएको छ । दुवई जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजातन नभएको र पीडित र आरोपितबिच फोन मार्फत चिनजान मात्र भएकोले बेचबिखनका लागि लैजान लागेको र दुवई पठाउने भन्ने बहाना मात्र भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सई यमबहादुर बोहोराले बताए ।

0 Comments