Incident Reports

एयर पेस्तोल सहित पक्राउ

2017-09-02

Lumbini, Banke, Duduwa

सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरे बस्ने २९ बर्षीय लालसिहं रानालाई प्रहरीले एयर पेस्तोल १ थान र सोमा लाग्ने साइलेन्सर १ थान तथा १ प्याकेट छर्रा सहित पक्राउ गरेको छ । भारतको दिल्लीबाट नेपालतर्फ आउदै गरेका रानालाई शनिबार इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments