Incident Reports

टेलिकम कर्मचारीबीच हातपात

2017-08-29

Madhes, Parsa, Birgunj

नेपाल टेलिकम क्षेत्रीय कार्यालय बिरगंजका कर्मचारीहरु एक आपसमा विवाद गर्दै हातपात गरेको अभियोगमा चार जना कर्मचारीलाई प्रहरीले हिरासतमा लिएको छ। नेपाल टेलिकम केन्द्रिय कार्यालयका प्रबन्ध निर्देशक कामिनीराज पाण्डेको विशेष उपिस्थितिमा मंगलबार भइरहेको कार्यालयबारे छलफलमा नेपाली कोंग्रेस निकट नेपाल टेलिकम वर्कर युनियन र माओबादी निकट राष्टिय कर्मचारी संगठन बीच विवाद हुँदा हातपात भएको थियो। हातपात गरेको अभियोगमा पर्सा प्रहरीले काँग्रेस निकट नेपाल टेलिकम वर्कर्स युनियनका क्षेत्रीय अध्यक्ष पुरन साह, चालक शिवशंकर सहनी, माओबादी निकट राष्ट्रिय कर्मचारी संगठनका प्रदीप पाण्डे र परवानीपुर स्थित कार्यालयका प्रमुख नगेन्द्र यादवलाई पक्राउ गरेको छ। पक्राउ परेका चार जना सहित दुवै पक्षका कर्मचारीबीच छलफल भइरहेको र छलफल पशचात सहमति नभए आवश्यक कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Labor organization, trade unions and other organizations based on economic demands
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments